काठमाडौँ, १८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको जारी बर्षे अधिवेशन आज ५ बजेबाट लागु हुने गरी अन्त्य भएको जानकारी गराएकी छन् ।
मन्त्रिपरिषद्को आजको बैठकले सो अधिवेशन अन्त्यका लागि सिफारिस गरेपछि भण्डारीले संसद सचिवालयलाई यस्तो जानकारी गराएकी हुन् ।











