काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवाद समाधानको प्रयास स्वरुप पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताहरुसँग छलफल गरेका छन् । प्रचण्डलाई भेट्न महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, रक्षामन्त्री ईश्वर पोखरेल र राजनीतिक सल्लाहकार विष्णु रिमाल खुमलटार पुगेका छन् ।











