रुकुम, १५ असार । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले जिल्लामै पहिलोपटक पीसीआर मेशिन खरीद गरी जडान प्रक्रिया थालेको छ ।
नगरपालिकाले पीसीआर मेशिन सेटअप तथा रिएजेन्ट खरीद गरी जडान प्रक्रिया थालेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए । १ करोड २३ लाख लगानीमा मेशिन खरीद गरिएको उनले बताए । उनका अनुसार संघ तथा प्रदेश सरकारले आर्थिक सहयोग गर्ने बताएका छन् ।
अहिले जिल्लाभरिका ४८ ओटा क्वारेन्टिनमा करीब १ हजार २०० जना बसिरहेका छन् । त्यहाँ भारत तथा तेस्रो मुलुकबाट आएकाहरू पनि छन् । चौरजहारी नगरपालिकाले मेशिन खरीद गरेपछि जिल्लाभरिका क्वारेन्टिनमा बसेकाको पीसीआर परीक्षण सहज हुनेछ ।
उनीहरूमा कोरोना भएरनभएको पत्ता लगाउन समस्या भएपछि मेशिन किन्ने र ल्याब स्थापना गर्ने प्रक्रिया थालेको चौरजहारी नगरपालिकाकी उपप्रमुख राधा रोकाले जानकारी दिएकी छिन् । आवश्यक बजेटका लागि प्रदेश र संघीय सरकारलाई आग्रह गर्ने निर्णय भएको उनले बताइन् । ‘अहिले नगरपालिकाले नै लगानी गरेको छ ।
जिल्लाभरि दैनिकजसो स्वाब संकलन हुने भए पनि परीक्षणमा समस्या भएपछि पीसीआर मेशिन खरीद गरी जडान गरिएको हो’, उनले भनिन् । चौरजहारीमा पीसीआर मेशिन जडानका लागि संरचना व्यवस्थापन भइसकेको र जडान कार्य पनि भइरहेको नगरपालिकाको भनाइ छ । अभियानबाट











