इन्द्रेणी संवाददाता
दाङ, १४ असार । दाङमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतवार गरिएको पिसिआर परीक्षणमा ४० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

koroजिल्लाका विभिन्न क्षेत्रबाट संकलन भएका ६०७ स्वाब परीक्षण गर्दा ४० जनामा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ । रोल्पा, कपिलवस्तु, रुकुम, दाङमा संकलन भएका स्वाब परक्षिण गर्दा ४० जनामा संक्रमण देखिएको हो ।