काठमाडौं, १४ असार । नेपालमा कोरोना सङ्क्रमितको संख्या १२७७२ पुगेको छ ।

koronaaपछिल्लो २४ घण्टामा थप ४६३ जना संक्रमित थपिएपछि संख्या त्यति पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा १०५ जना महिला र ३५८ जना पुरुष छन् ।

पछिल्लो २४ घण्टामा थप १७९ डिस्चार्ज भएका छन् । योसँगै निको हुने ३०१३ पुगेको छ ।