बुटवल, १४ असार । प्रदेश–५ सरकारले सलह किरा प्रति केजी २० रुपैयाँको दरले खरिद गर्ने भएको छ ।

salaha-प्रदेश ५ कृषि विकास निर्देशनालयका प्रमुख यमनारायण देवकोटाका अनुसार अनुसन्धानका क्रममा रुपन्देहीमा भेटिएका कीरा सलह नै भएको पुुष्टि भएको छ ।

सलह किसान आफैँले जम्मा गरेर आफ्नो वडा कार्यालयमा लगे प्रतिकिलो २० रुपियाँका दरले खरिद गर्ने निर्णय पनि बैठकले गरेको देवकोटाले बताए । सलह कपिलवस्तु, पाल्पा, गुल्मी लगायतका जिल्लामा पुगेको छ ।