राजेश जीसी
प्यूठान, १४ असार । प्यूठानका ९ ओटा स्थानीय तहमध्ये ५ ओटाले मात्रै तोकिएकै मितिमा नगर तथा गाउँसभा गरेर आगामी वर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । तर, अन्य ४ ओटा स्थानीय तहले भने विभिन्न कारण देखाउँदै सभा गर्न सकेका छैनन् । जिल्लाको प्यूठान र स्वर्गद्वारी नगरपालिका तथा नौबहिनी, ऐरावती र मल्लरानी गाउँपालिकाले तोकिएकै समयभित्र सभा सम्पन्न गरी बजेट सार्वजनिक गरेका हुन् ।

pyबजेटका लागि तयारी नपुगेको भन्दै झिमरुक, गौमुखी, सरुमारानी, र माण्डवी गाउँपालिकाले तोकिएको समयभित्र गाउँसभा आयोजना गर्न नसकेका हुन् । ति गाउँपालिकाले असार मसान्तसम्म बजेट ल्याउने तयारी गरिरहेको बताइएको छ ।

सभा सम्पन्न गरेका ५ ओटा स्थानीय तहले कुल रू। २ अर्ब ७१ करोड ३६ लाख २९ हजारको बजेट सार्वजनिक गरेका छन् । खानेपानी, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, पर्यटन र विद्यमान महामारीको प्रभाव न्यूनीकरणमा यी स्थानीय तहका बजेट केन्द्रित गरिएको छ ।

प्यूठान नगरपालिका
गरपालिकाले आप्mनो नगरसभाबाट रू। ६९ करोड ८ लाख ५० हजार बजेट पारित गरेको छ । नगरपालिकाले विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम, रोजगारी सृजना, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको हो ।

नगरपालिकाले कोरोना तथा सरुवा रोगको उपचारका लागि रू। १ करोड ८० लाख, प्रधानमन्त्री रोजगार कार्यक्रम तथा रोजगार सृजना गर्न रू। ६३ लाख, स्वास्थ्य संस्थाहरूको स्तरवृद्धिका लागि रू। ३ करोड ८५ लाख र शिक्षा क्षेत्रका लागि रू। २३ करोड ३७ लाख विनियोजन गरेको छ । यस्तै कृषि क्षेत्रका लागि रू। २ करोड २७ लाख विनियोजन गरेको छ ।

स्वर्गद्वारी नगरपालिका
स्वर्गद्वारीले रू। ५८ करोड ६० लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको सातौं नगरसभाबाट उक्त बजेट प्रस्ताव गरेको हो । पालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर रोजगारी र कृषिलाई जोड दिएको उपमेयर गोमा रेग्मीले बताइन् ।

नौबहिनी गाउँपालिका
नौबहिनीले रू। ४८ करोड २६ लाखको बजेट विनियोजन गरेको छ । गाउँपालिकाले कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि रू। १ करोड छुट्ट्याएको छ । गाउँ फर्केका व्यक्तिलाई रोजगारी दिलाउने उद्देश्यले विविध कार्यक्रम सञ्चालन गर्न रू। १ करोड छुट्ट्याइएको गाउँपालिकाको भनाइ छ ।

ऐरावती गाउँपालिका
निःशुल्क शिक्षालाई जोड दिँदै ऐरावतीले रू। ५१ करोड ८२ लाख ७० हजारको बजेट सार्वजनिक गरेको छ । पालिकाले निःशुल्क शिक्षाका लागि रू। १ करोड ३० लाख, खानेपानी तथा सरसफाइका लागि रू। ३ करोड २२ लाख, सडक निर्माण तथा मर्मतका लागि रू। १ करोड ९२ लाख २० हजार, भवन तथा शहरी विकासतर्फ रू। ३ करोड १९ लाख, सुशासन प्रवद्र्धनतर्फ रू। ३४ लाख र सिँचाइतर्फ रू। ६६ लाख २७ हजार बजेट विनियोजन गरेको छ ।

मल्लरानी गाउँपालिका
मल्लरानीले रू। ४३ करोड ५८ लाख ४६ हजारको बजेट ल्याएको छ । गाउँपालिकाले कृषि तथा पशुपालनलाई पहिलो प्राथमिकता दिएको छ । त्यस्तै स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार र पर्यटनलाई पनि बजेटले जोड दिएको छ । अभियानबाट