काठमाण्डौ, १८ कार्तिक । संसद सचिवालयकी एक महिला कमीचारीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।
महराविरुद्धको उज्रीमा आज भएको थुनछेक बहसपछि तत्काल प्राप्त प्रमाणका आधारमा मुद्दाको पुर्पक्ष गर्नु पर्ने देखिएकाले थुनामै राख्न अदालतले आदेश दिएको हो । जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामै राखेर मुद्दा अगाडि बढाउन आदेश दिएको हो । अदालतको आदेशपछि महरालाई डिल्लीबजार कारागार पठाइएको छ । अब यो मुद्दाको किनारा नलागेसम्म महरा कारागारमै बस्नु पर्नेछ ।
महरामाथि संसद सचिवालयकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि गएको असोज १९ गते प्रहरीले उनकै सरकारी निवासबाट पक्राउ गरेको थियो ।











