काठमाडौं, १९ कार्तिक । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशमा नयाँ प्रमुख नियुक्त गरेकी छन् । प्रदेश प्रमुखहरूको शपथग्रहण मंगलबार हुने पनि राष्ट्रपति कार्यालयले जनाएको छ ।

फोटो अन्नपूर्णपोष्ट
राष्ट्रपति भण्डारीले प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीलाई नियुक्त गरेकी हुन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले उल्लिखित व्यक्तिलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति कार्यालयसमक्ष सिफारिस गरेको थियो । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठकले प्रस्ताव गरेका नाम मन्त्रिरिषद् बैठकबाट सिफारिस भई अनुमोदनका लागि राष्ट्रपति कार्यालय पठाइएको थियो राजधानीमा खबर छ। राष्ट्रपति कार्यालयले पनि नयाँ प्रदेश प्रमुखहरू शपथग्रहणको कार्यक्रम सोमबार विहान ११ बजेका लागि तोकेको छ ।
प्रदेश १ सोमनाथ अधिकारी ‘प्यासी’
प्रदेश २ तिलक परियार
प्रदेश ३ विष्णु प्रसाईं
गण्डकी प्रदेश अमिक शेरचन
प्रदेश ५ धर्मनाथ यादव
कर्णाली प्रदेश गोविन्द कलौनी
सुदूरपश्चिम प्रदेश शर्मिला त्रिपाठी











