काठमाडौं, १८ कार्तिक । जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले बमकाण्डका प्रमुख आरोपी मोहम्मद अफताब आलमसहित १० जनाविरूद्ध ३२ वर्ष सजायको माग गर्दै जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको छ।
आलमसहित १० जनालाई विभिन्न तीन कसूरमा अलग(अलग सजाय र एक जनालाई मतियार कायम गरी आज अदालतमा अभियोग पत्र दर्ता गरेको हो। आलमसहित १० जनालाई विस्फोटक पदार्थ ऐन २०१८, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानमुद्दामा सजाय माग गरिएको छ।











