इन्द्रेणी संवाददाता
दाङ, ४ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउँ अभियानअन्तर्गत फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक भएका छन् ।
संयोजक विकिरण गौतमद्धारा हस्ताक्षरित विज्ञप्तिमा असोज ६ गतेदेखि ११ गतेसम्मका विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरिएका छन् । जसअनुसार असोज ६ गते पत्रकार महासंघमा अन्तक्र्रिया, ८ गते प्रतिष्ठानमा नागरिक अनुगमन, ९ गतेदेखि ११ गते उपकुलपति संगीता भण्डारीको राजीनामा माग गर्दै हस्ताक्षर संकलन र ११ गते भण्डारीको राजीनामा माग्दै नागरिक प्रदर्शण गरिने उल्लेख छ ।











