तुलसीपुर, ४ असोज । चाड पर्वको समयमा कुनै पनि वस्तुको कृत्रिम अभाव श्रृजना नगर्न तुलसीपुर उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई आग्रह गरेको छ ।
चाड पर्वका नाममा उपभोक्ताहरुलाई चर्को मूल्यमा मालसामान विक्री वितरण गर्ने तथा कुनै पनि अखाद्य वस्तु विक्री वितरण गर्ने र कृत्रिम अभाव श्रृजना गर्ने व्यवसायीलाई कारवाही गर्ने समेत संघले जनाएको छ ।
संघको आज सनिवार वसेको नियमित बैठकमा वोल्दै संघका अध्यक्ष विरवहादुर रावतले चाडपर्वलाई व्यवसायीले अवसरका रुपमा नभएर सेवा र सर्वसुलभ तरिकाले वजारमा दैनिक उपभोग्य वस्तु विक्री वितरण गर्न आग्रह गरे ।











