इन्द्रेणी संवाददाता
दाङ, २१ भदौ । दाङको गोतेखालामा डुवेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा सल्यान कपुरकोटका २० वर्षिय अर्जुन बुढा र ओखलढुंगा जिल्लामाघर भई हाल सल्यान कपुरकोट ससुरालीमा वस्दै आएका २६ वर्षका मिलन लामा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीहरु माछा मार्ने क्रममा खोलामा डुवेको प्रहरीले जनाएको छ । दुबै जनाले तुलसीपुर ८ कटकुईयामा बंगुर पालन गर्दै आएका थिए ।











