इन्द्रेणी संवाददाता
दाङ, २१ भदौ । दाङको घोराहीमा एक जना करेन्ट लागेर घाइते भएका छन् । घोराही १५ भिग्रेलीचोक नजिकै रोसन दाहालको नयाँ घर निर्माण गर्ने क्रममा घरमाथिको विद्युत लाइन सर्ट हुँदा घोराही १८ रझेना वस्ने शिशिर चौधरी घाइते भएका हुन् ।
उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठनामा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।











