सुर्खेत, २१ भदौ । राजधानीलगायत वाहिरी जिल्लाहरुमा डेगुको संक्रमण फैलिरहेको वेला सुर्खेतमा पनि डेंगुको संक्रमण देखिएको छ। जिल्लाका तीन जनामा डेंगुको संक्रमण छ।
कर्णाली प्रदेश अस्पतालमा उपचार गर्न पुगेका वीरेन्द्रनगर नगरपालिका(४ का ३५ वर्षीय उदय सुनार र बराहताल गाउँपालिका(१ हरिहरपुरकी १२ वर्षीया एलिना पुलामीलाई डेंगुको संक्रमण भएको हो।
वीरेन्द्रनगर(६ का ३५ वर्षीय जयकिसन विकलाई समेत डेंगुको संक्रमण भेटिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण अधिकृत श्यामलाल आचार्यले बताए।











