काठमाडौं, ८ भदौ । केन्याको एक संगठित र ठूलो लागुऔषध माफियाको गिरोहमा एक नेपाली युवतीसमेत संलग्न रहेको खुलेको छ । भारतीय मूलका विवादास्पद व्यापारी अली पुन्जानीको गिरोहमा नेपाली युवती सुस्मिता कार्कीको संलग्नता खुलेपछि उनीमाथि केन्या प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Lagu-6बममोम्बासा सहरमा रहेको पुन्जानीको घरबाट गत १३ अगस्टमा कार्कीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो । पर्याप्त प्रमाण नभएको भन्दै अदालतको आदेशमा उनी दुई दिनपछि छुटेकी छिन् । थप अनुसन्धान गरी उनीमाथि मुद्दा दायर हुने केन्या प्रहरीलाई उद्धृत गर्दै यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

पक्राउ परेपछि कार्कीले आफू पुन्जानीको श्रीमती भएको बताएकी छिन् । उनको घरबाट नेपाली युवक शिव बस्याल र भारतीय नागरिक राम मनोजसमेत पक्राउ परेका थिए । बस्याल र मनोज घरेलु कामदार हुन् । उनीहरू तीनैजना अदालतको आदेशमा छुटेका छन् । नयाँ पत्रिकाबाट