दाङ, ८ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघ अन्र्तगत दाङ टेन्ट तथा साउण्ड व्यवसायी समिति गठन गरिएको छ । शनिवार भएको टेन्ट तथा साउण्ड सिस्टम व्यवसायीहरुको भेलाले समिति गठन गरेको हो ।

2भेलाले दामोदर गौतमको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो । जसको उपाध्यक्षमा सकिल अहमद सिद्धिकी, सचिवमा मनोज गुप्ता, कोषाध्यक्षमा समिर सिद्धिकी रहेका छन् ।

समितिका सदस्यहरुमा अव्दुल वाजिद सिद्धिकी, शिवु सिद्धिकी, प्रविणकुमार गुप्ता, रोशनकुमार गुप्ता, प्रदिपकुमार गुप्ता, राजु गुप्ता, ऋषिराम चौधरी रहेका छन् ।