तुलसीपुर ५ भादौ । एन प्याव्सन दाङको आयोजनामा एकल गायन प्रतियोगिता सम्पन्न भएको छ ।

333एन प्याव्सन दाङमा आवद्ध १५ विद्यालयका २६ जना सहभागी भएको प्रतियोगितामा पव्लिक एजुकेसन एकेडेमी देउखुरीका मेलिना पुन प्रथम, राप्तीवाल एकेडेमी तुलसीपुरका सदिक्षा पोख्रेल द्धितीय, ज्ञानज्योति माविका तुलसीपुरका अनु वली तृतीय र डिभाइन टेम्पल एकेडेमी तुलसीपुरका तिला कवर सान्तोना भएका थिए ।

प्रतियोगितामा प्रथम र द्धितीय हुने विद्यार्थीहरु भादौ १३ गते एन प्याव्सन प्रदेश नम्वर ५ ले वुटवलमा आयोजना गरेको गायन प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त भएको छ ।