काठमाडौं, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि आज सिंगापुर प्रस्थान गरेका छन् । अपरान्ह १।३० बजे थाई एयरबाट धर्मपत्नी राधिका शाक्यलगायतका सहयोगी, निजी चिकित्सक र सुरक्षाकर्मीका साथ ओली सिंगापुरका लागि प्रस्थान गरेका हुन् ।
यसैबीच सिंगापुर जानु अघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी जिम्मेवारी तोकेका छन् ।











