दाङ, ५ भदौ । नेपाल शिक्षक संघ दाङले शैक्षिक अभिबृद्धिका लागि विद्यालयका प्रधानाध्यापकहरुसँग पर्सि शनिवार घोराहीमा अन्र्तक्रिया गर्ने भएको छ । शैक्षिक अभिबृद्धि र संगठन सुधारका लागि घोराही र बंगलाचुली गाउँपालिका भित्र रहेका विद्यालयका प्रधानाध्यापक र सरोकारवाला ब्यक्तिसँग अन्र्तक्रिया गर्न लागेको हो ।
नेपाल शिक्षक संघ दाङको आज बिहिवार घोराहीमा सम्पन्न सचिवालय बैठकले शिक्षा क्षेत्रमा देखिएका समस्या, संगठनको भावी योजना लगायतका बिषयमा अन्र्तक्रिया गर्ने निर्णय गरेको शिक्षक संघ दाङका सचिव प्रकाश डाँगीले जानकारी दिए ।
बैठकले स्थानीय तहले आस्थाका आधारमा संघमा आवद्ध शिक्षकमाथि गरेको बिभेदको बिरुद्धमा घोराहीमा गरेको कार्यक्रममा सहभागि सवैलाई धन्यवाद समेत दिएको छ । आन्दोलनको उपलब्धीका रुपमा बुधवारको वार्ताले लिखित सहमति गरेको निष्कर्ष निकाल्दै बैठकले सहमति कार्यान्वयन नभए जतिबेला पनि आफूहरु आन्दोलनमा जाने निर्णय समेत गरेको छ ।
बैठक नेपाल शिक्षक संघ दाङका अध्यक्ष युवराज बस्नेतको अध्यक्षता एंव संघका संघीय उपाध्याक्ष अमरबहादुर खड्काको प्रमुख आतिथ्यता र संघका ५ नं प्रदेश अध्यक्ष अर्जुनकुमार योगीको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।











