तुलसीपुर, १५ साउन । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिश नहकुल सुबेदीले नागरिकहरुलाई न्यायोचित तरिकाले उत्कृष्ट सेवा प्रवाह गर्नु राष्टसेबक कर्मचारीको प्रमुख दायित्व रहेको बताएका छन् ।
अफिसर्स क्लव तुलसीपुरले आज दाङको तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘राष्ट्रसेवक कर्मचारी मुख्य काम राज्यले आफुलाई सुम्पेको जिम्मेवारी कुसलता पूर्वक सम्पन्न गर्नु हो ।’
सेवाबाट बचेको समय व्यवस्थापन गरी सामाजिक काममा पनि लगाएर आफुलाई नै समाजप्रतिको जिम्मेवारी अभैm बढ्ने उनको भनाइ थियो ।











