
तुलसीपुर, १५ साउन । दाङको तुलसीपुर उपमहानगरपालिकाले यस वर्ष ६० किलोमिटर सडक निर्माण गर्ने भएको छ । जसका लागि उपकरण खरिद प्रक्रिया अगाडि वढाउने भएको छ ।
![uN5L–/;'jfu9L ;8s lgdf{0f /fli6«o uf}/jsf] cfof]hgfcGtu{t wflbªsf] uN5L–lqz'nL–d}n'ª–:ofk|m'a];L /;'jfu9L ;8s cfof]hgfsf] lgdf{0f sfo{ g'jfsf]6sf] a'wl;+x3f6df ul/Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;](https://www.indrenionline.com/wp-content/uploads/2018/11/road-300x225.jpg)
उनका अनुसार प्राधिकरणका लागि आवश्यक पर्ने रोलर, टिप्पर, ग्रेडर, पानी ट्यांकी, विटुमिन उमाल्ने उपकरण, चिप्स मिक्सिङ प्लान्ट, एक्जाभेटर एक एक वटा र कम्प्रेसर २ वटा खरिद गर्ने भएको छ ।
नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको कार्यपालिकाको वैठकले कच्ची घरहरुको अभिलेखीकरण र पुराना घरहरुको नक्सापासका लागि पुस मसान्तसम्मका लागि म्याद थप गर्ने निर्णय गरेको छ । यसका साथै अवदेखि नयाँ घर वनाउँदा वडा कार्यालयको अनिवार्य रुपमा सिफारिस गर्नुपर्ने प्रावधान समेत वैठकले तोकेको छ ।
यसैगरी बैठकले यो आर्थिक वर्षको योजना समयमै सम्पन्न गर्नका लागि असोज महिनाभित्र अनिवार्य रुपमा उपभोक्ता समिति गठन गर्नुपर्ने, पुस मसान्तसम्म योजना सम्झौता र चैत्र मसान्तसम्म योजना सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ । यसका साथ वैठकले विभिन्न वडामा रहेको प्राविधिक अभावलाई पूर्ति गर्नका लागि करारमा भर्ना गर्ने निर्णय समेत गरेको छ ।










