काठमाडौं, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई नियुक्त गरेका छन् । आज मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री ओलीले नेता भट्टराईलाई यस्तो जिम्मा दिएका हुन् ।
गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको मृत्यु भएकाले उक्त मन्त्रालय प्रधानमन्त्री ओलीले नै समाल्दै आएका थिए ।











