काठमाडौं, ५ साउन । इन्जिनियरहरू घुससहित धमाधम पक्राउ परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासत कक्ष नै भरिएको छ । पछिल्ला तीन दिनमा मात्र आठजना इन्जिनियर घुससहित पक्राउ परेका छन् ।

akhtiyar-durupayog-anusandhan-aayog-1असारयता मात्र २० इन्जिनियरलाई आयोगले पक्राउ गरिसकेको छ । जसमध्ये १६ जना आयोगको हिरासतमै छन् । यी सबै बिल भुक्तानीको कमिसन लिने क्रममा पक्राउ परेका हुन् ।

शनिबार मात्र कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियाका तीन इन्जिनियर घुससहित पक्राउ परे । इन्जिनियर कमल सिटौला, विश्वेश्वरप्रसाद साह, हरिप्रसाद चौधरीलाई आयोगको सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले १५ लाख रुपैयाँ घुससहित बर्दियाको गेरुवा गाउँपालिका–१ बाट पक्राउ गरेको हो ।

आयोगले सवारीचालक टंकप्रसाद ओझालाई समेत पक्राउ गरेको छ । तारजाली भर्ने कामको योजनाको बिल रकम भुक्तानी गरेबापत उनीहरूले १५ लाख रुपैयाँ घुस मागेका थिए । घुस नदिई भुक्तानी नै नदिएपछि पीडित ठेकदारले अख्तियारलाई खबर गरेका थिए । त्यसपछि उनीहरू रंगेहात गिरफ्तार भएका थिए । नयाँ पत्रिकाबाट