दाङ, १ साउन । दाङ जिल्ला उद्योग वाणिज्य संघले सरकारले यही साउन १ गते देखि लागु गर्ने थालेको भि सी टि एस प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
संघका अध्यक्ष नारायणप्रसाद भुसाल र महासचिव नरेश काकीले मंगलवार एक विज्ञप्ती जारी गरि ध्यानाकर्षण भएको जनाएका हुन । विज्ञप्तीमा मन्त्री परिषद्को कार्यालयवाट राजश्व चुहावट नियन्त्रणको नाममा निजी क्षेत्रको समन्यव विना लागु गर्ने खोजिएको भन्दै यथास्रिघ्र खारेज गर्ने माग गरिएको छ ।
निजी क्षेत्रको समन्वय विना लागु पर्ने थालिएको यसको कार्य व्यवसायी अनुकुल नभएको जनाएको छ । भि सी टि एसले देशभरीका आयात निर्यात कर्ता भन्सार एजेन्ट, ढुवानी व्यवसाय, उद्योग, वितरक, थोक विक्रेता लगाएतका सम्पुर्ण लाइ प्रत्यक्ष मारपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । सरकारले २०७६ साल असार २३ गते सुचना प्रकाशित गरी साउन १ ले वाट भि सी टि एस लागु गर्ने थालेको छ ।











