दाङ, १ साउन । सुरक्षा सुव्यवस्थालाई मध्यनजर गरेर तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ गोठीखोलामा अस्थायी प्रहरी चौकी उद्घाटन गरिएको छ । पाँचकोठे पक्की भवनको नगरप्रमुख घनश्याम पाण्डे र जिल्ला प्रहरी प्रमुख एसपि वेलवहादुर पाण्डेले उद्घाटन गरेका हुन् ।

p3भवनको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेले वदलिदो संरचना अनुसार स्थानीय तहका सवै ठाउँमा प्रहरी चौकी स्थापना गर्न लागिएको वताए । उनले उपमहानगरका १९ वटै वडामा स्थायी प्रहरी चौकी स्थापनालाई आफुले निरन्तरता दिएको वताए ।