तुलसीपुर, १ साउन । दाङको तुलसीपुर उपमहानगरपालिकाले वृक्षारोपण गर्ने विभिन्न संघसंस्थालाई निःशुल्क विरुवा वितरण गर्ने भएको छ ।

c1साउन महिनालाई वृक्षारोपणको महिनाका रुपमा उपमहानगरपालिकाले अगाडि वढाएको हो । ‘व्यक्तिले लिन चाहेमा ५० प्रतिशत छुट र संघसंस्थाका लागि निशुल्क वितरण गरेका छौ’ नगर प्रमुख घनश्याम पाण्डेले भने ।

तुलसीपुर उपमहानगरपालिकाले नियमित रुपमा सञ्चालन गर्दै आएको क्लिन तुलसीपुर ग्रीन तुलसीपुरको १ सय ५१ औ सरसफाई अभियानलाई सम्वोधन गर्दै उनले हरा र सफा नगर तुलसीपुरको पहिचानका रुपमा स्थापित गर्नका लागि अभियान सार्थक वन्दै गएको वताए ।