काठमाडौं, १५ जेठ । सरकारले कर्मचारीको तलब २० प्रतिशत बढाएको छ ।आज आगामी आर्थिक वर्ष २०७६ ७७ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलब वृद्धि भएको घोषणा गरे ।
बजेट भाषण अनुसार राजपत्र अनंकित श्रेणी (अधिकृत तल) का कर्मचारीको तलब २० प्रतिशत बढ्ने छ भने राजपत्राङ्कित (अधिकृत र त्यो भन्दा माथि) को तलब १८ प्रतिशतले बढ्ने छ।
पोशाक भत्ता, महंगी भत्ता लगायतका अन्य सुविधा भने यथावत रहने छन्। शिक्षक, कर्मचारी, सेना, पुलिसलगायत सरकारी तलब खाने सबैको तलब २० प्रतिशतले बढ्ने भएको हो। सरकारी कर्मचारीको तलब यो पटक तीन वर्षपछि वृद्धि भएको हो।











