काठमाडौँ, १५ जेठ । सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा आव २०७६/७७ को वार्षिक बजेट पेश गरेको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्मा आव २०७६/७७ का लागि नेपाल सरकरको आय र व्ययको अनुमान अर्थात् बजेट आज पेश गरेका हुन् ।
अर्थमन्त्रीले राजश्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महीनाको १५ गते सङ्घीय संसद्मा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।











