तुलसीपुर, १५ जेठ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले गणतन्त्रका कारण स्थानीय तहसम्म अधिकार आएको वताएका छन् ।
उनले गणतन्त्रले दिएका अधिकारहरुलाई संस्थागत गर्नका लागि जनतामा रहेको विकास र समृद्धिप्रतिको आशालाई सम्वोधन गर्नुपर्ने वताएका छन् । ‘गणतन्त्रको आभाष सामान्य जनताले पनि गर्नुपर्दछ’ उनले भने । नगरप्रमुख पाण्डेले समाजमा रहेका सवैखाले मान्छेहरुमा अधिकारको सुनिश्चितता भएको वताएका थिए
१५ औ गणतन्त्र दिवसको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका महिला तथा वालवालिका शाखाले आयोजना गरेको गणतन्त्र र अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुनस्र्थापना कार्यक्रममा आधारित कार्यक्रममा वोल्दै नगरप्रमुख पाण्डेले उपमहानगरपालिकाबाट निर्माण भइरहेका नयाँ संरचनाहरु अपाङ्गमैत्री तवरले निर्माण भएको वताएका छन् ।
उनले संस्कार, कार्यशैली र सोचलाई अपाङ्गमैत्री वनाउनुपर्ने कुरामा जोड दिएका छन् । अपाङ्ता सोच पनि भएको भन्दै अवसर पाए सबैले विशेष काम गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्नुपर्ने कुरामा जोडल दिएका छन् ।











