काठमाडौँ, १५ जेठ । आर्थिक वर्ष २०७६÷७७ का लागि आज बजेट सार्वजनिक हुँदैछ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १४ खर्ब ९८ अर्ब रुपियाँको बजेटको सिलिङ तोकेको छ ।
यद्यपि सामाजिक सुरक्षा, कर्मचारीको तलब वृद्धि गर्नुपर्ने चापले सङ्घीय बजेटको आकार १५ खर्ब रुपियाँभन्दा माथि हुने अनुमान गरिएको छ ।











