काठमाडौं, १२ जेठ । सगरमाथा चढेर ओर्लन नसकेर एक बेलायती आरोहीको शनिबार मृत्यु भएको छ। उनीसहित यो सिजनमा सगरमाथा आरोहणमा मृत्यु हुने पर्वतारोहीको संख्या १० पुगेको छ।

sagarmatha४४ बर्से रबिन हाइन्स फिसरको सगरमाथाबाट ओर्लंदा लडेर मृत्यु भएको जानकारी सरकारी अधिकारीले दिएका छन्। पर्यटन विभागकी अधिकृत मिरा आचार्यका अनुसार फिसरको मृत्यु शिखरबाट अवतरण गर्दा थकान र अक्सिजनको कमीका कारण भएको थियो।

फिसन शनिबार बिहान शिखर उक्लेका थिए। तर उनी अवतरणका क्रममा शिखरबाट १ सय ५० मिटर तल एक्कासि ढलेको र ढलेलगत्तै मृत्यु भएको थियो ।