दाङ । दाङको घोराही उपमहानगरपालिका ७ मा बिषेशज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

20190525_102444वडा कार्यालयको आयोजना तथा गोरखा पव्लिक हस्पिटल प्रा.लि., स्वास्थ्य चौकी सौडियार र मानवअधिकार निगरानी समूह सौडियारको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

घोराही ७ घुस्रास्थित जनता प्रा.वि.को प्राङेगनमा आयोजित शिविरमा दुई सय भन्दा बढीले बिषेशज्ञ सेवासहितको स्वास्थ्य सेवा लिएका थिए ।