काठमाडौँ, माघ २३ गते । आज बस्ने प्रतिनिधिसभाको बैठकमा चारजना विभागीय मन्त्रीले सांसद्का प्रश्नमा जवाफ दिँदै छन् ।
छ महिनादेखि सुल्झन नसकेको निर्मला पन्त हत्या प्रकरण, बालक अपहरणको आरोपमा झक्तपुरका प्रहरी इन्काउन्टरमा परेका अजित तामाङ र गोपाल तामाङ लगायतका विषयमा सांसद्हरुले प्रश्न दर्ता गराएका थिए ।
आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडा, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सांसद्का प्रश्नमा जवाफ दिनेछन् ।











