काठमाडौं । राजश्व अनुसन्धान विभागले जनकपुरधाम अवैध रूपमा ठूलो परिमाणमा अन्तरदेशीय हुन्डी कारोबार गरेको अभियोगमा ८ जना व्यक्तिलाई मुद्दा चलाइएको छ। विभागले सर्वाधिक बिगो दाबीसहित सोमबार धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
आपसी मिलिभगतमा ‘ह्वाट्सएप एप्लिकेसन’को माध्यमबाट ४ अर्ब १६ करोड ३३ लाख ३१ हजार ९ सय १० रूपैयाँ ७५ पैसा बराबरको अन्तरदेशीय हुन्डी कारोबार गरेको विभागले जनाएको छ । आरोपीमा तीन भारतीय नागरिक छन्।
विभागले सात जनालाई तीन वर्ष कैद र जनही १२ अर्ब ४८ करोड, ९९ लाख ९५ हजार सात सय ३२ रूपैयाँ ७५ पैसा जरिबाना गर्न समेत माग गरेको छ।











