इन्द्रेणी संवाददाता
दाङ, १४ माघ । दाङमा प्रहरीले अबैधरुपमा नदीजन्य पदार्थ उत्खनन्मा संलग्न तीन वटा टेक्टरलाई नियन्त्रणमा लिएको छ ।

फोटो फाइल
तुलसीपुर उपमहानगरपालिका ८ पातुखोला र ७ ग्वारखोलामा अबैधरुपमा नदीजन्य पदार्थ उन्खनन्मा संलग्न भइरहेको अवस्थामा ती टेक्टरहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसरी नियन्त्रणमा लिइएका टेक्टरहरुमा रा १ त २३२४, रा १ त १६१७ र रा १ त १९०० नम्बरका रहेका छन् । यी टेकटरहरुलाई कारवाहीका लागि जिल्ला समन्वय समितिमा पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका डिएपी रामप्रसाद घर्तीले जानकारी दिएका छन् ।











