इन्द्रेणी संवाददाता
दाङ, १४ माघ । युवतीलाई जवरजस्ती गर्ने तीन जनालाई प्रहरीे पक्राउ गरेको छ । सामान्य चिनजान भएकै आधारमा घोराही ३ भैसकुरकी १९ वर्षिया एक युवतीलाई जवरजस्ती टेक्पोमा हालेर रामपुरतर्फ लैजान खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

dang1पक्राउ हुनेहरुमा घोराही २ सुर्केडाँगी वस्ने बर्ष २४ का बिकास चौधरी, सोही कै बर्ष २१ को बिकेन्द्र चौधरी र रामपुर बस्ने बर्ष २२ को दिपक नेपाली रहेका छन् । उनीहले ती युवतीलाई रामपुर तर्फ लैजादै गर्दा लक्ष्मीपुर चोकमा जवरजस्ती गर्न खोज्दा प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई अपहरण उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।