इटहरी, १४ माघ । ना ३३ ख ३३५५ नम्बरको ट्रिपरले बिहान ११ बर्षिय बालिका लक्ष्मी ढकाललाई उनकै घर अगाडी ठक्कर दिएर घटनास्थलमै मृत्यु भएपछि त्यहाँको स्थिति तनावग्रस्त भएको छ ।
स्थानीयहरुले ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि मोरङको बिराटचौकमा १० वटा ट्रिपरमा आगजनी गरेका छन् । आक्रोशित स्थानीयहरुले बिराटचौक–बिराटनगर सडकखण्डमा गुडिरहेका ट्रिपरमा जथाभाबी आगो लगाइदिएका हुन ।
अहिले विराटचौकदेखि बेलेपुरसम्मको लगभग साढे तीन किलोमिटर क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।











