काठमाडौँ, १७ मंसिर । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले अविलम्ब स्वच्छ खानेपानी उपलब्ध गराउन खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।

melamchi-khanepani-58645bc7ec7354-11752091‘मेलम्ची खानेपानी आयोजनाबाट उपत्यकाभित्र खानेपानी उपलब्ध गराउने भनी पटक पटक प्रचार गरिएको र निर्धारित समयावधिभित्र पानी वितरण कार्यमा ढिलाइ भइरहेको हुँदा जनतामा विभिन्न आशंका उत्पन्न भएकाले शीघ्रातिशीघ्र निर्माण कार्य सम्पन्न गरी उपत्यकाबासीलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को स्तर अनुसार पानी उपलब्ध गराउन खानेपानी मन्त्रालयलाई निर्देश दिने निर्णय गरिएको छ,’ समितिका सभापति कल्याणीकुमारी खड्काले समितिको निर्णयबारे जानकारी दिए आजको गारेखापत्रमा खबर छ

यसअघिको बैठकमा खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले अबको दुई महिनाभित्र मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने जानकारी दिएका थिए ।