काठमाडौं, १७ मंसिर । सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने भनिरहदा दिनानुदिन मोलाउदै गएको छ । लोक सेवा आयोगको अन्तर्वार्तामा उत्तिर्ण गराइदिने भन्दै घुस लिने सहसचिव पक्राउ परेका छन् ।

ghusक्षेत्रीय स्वास्थ्य कार्यालय, पोखरामा कार्यरत सहसचिव डा। तारानाथ पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार एक लाख रुपैयाँ घुससहित पोखरास्थित कार्यालयबाटै पक्राउ गरेको हो ।

अहेबको परीक्षामा उत्तिर्ण गराइदिन्छु भन्दै उनले एक लाख घुस लिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए । लोक सेवाको परिक्षामा आफू प्रतिनिधि भएर जाने र अन्तर्वार्तामा उत्तिर्ण गराइदिने भन्दै उनले घुस मागेको खुल्न आएको छ ।