लक्ष्मण बस्नेत

दाङ, १४ मंसिर । दाङको तुलसीपुरमा प्रथम दुधेना कप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । दुधेना फुटबल क्लब तुलसीपुर उपमहानगरपालिका वडा नं ८ को आयोजनामा संचालन गरिन लागेको जिल्ला स्तरिय खुला फुटबल प्रतियोगिता मंसिर २२ गतेदेखि शुरु हुनेछ ।

footballतुलसीपुर ८ दुधेनामा रहेको गौरीचौर खेल मैदानको व्यवस्थापन तथा ग्रामीणस्तरमा खेलकुदको अभिवृद्धीसंगै नयाँ पिढीलाई फुटबल खेलमा स्थापित गर्ने उदेश्यका गौरीचौर खेलमैदानमा आयोजना गरिएको प्रतियोगितामा जिल्लामा स्थापीत डेढ दर्जन फुटबल क्लबहरुको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष प्रकास वि.क.ले जानकारी दिए ।

प्रतियोगिताको उपाधि चुम्ने टिमले नगद ५० हजार, ट्रफी मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता र तृतिय स्थान हात पार्ने टिमले क्रमशः नगद २५ र १५ हजार ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष वि.क ले बताए ।