इन्द्रेणी संवाददाता
दाङ, १४ मंसिर । दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराही उपमहानगरपालिका वडा नं १४ स्थित माडी हार्डवेयरका सञ्चालक नन्दवहादुर घर्तीको हत्यामा सङगलनलाई पहिचान गरी कारवाहीको माग गरेको छ ।

deathaसंघका अध्यक्ष नारायणप्रसाद भुसाल र महासचिव नरेश कार्कीले शुक्रवार विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन । विज्ञप्तीमा घटनाको निपक्ष रुपमा छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गरीएको हो ।

व्यवसायीलाई ढुक्क भएर व्यवासाय गर्ने वातावरण मिलाउन समेत आग्रह गरिएको छ । दिन दहाडै हुने यस प्रकारका घटनाले व्यवसायीहरु असुरक्षित भएको समेत विज्ञप्तिमा उल्लेख छ । हत्याको संघको शुक्रवार वसेको वैठकले शोक प्रस्ताव समेत पारित गरेको छ ।

यसैबीच तुलसीपुर उद्योग वाणिज्य संघले पनि हत्याराको पहिचान गरी कडा कारवाहीको माग गरेको छ । संघका कार्यवहाक अध्यक्ष रामप्रदा चालिसेले विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् ।