दाङ, १४ मंसिर । निर्माण व्यवसायी महासंघ प्रदेश नम्बर ५ को अध्यक्षमा दाङमा बलिभद्र राना निर्बिरोध निर्बाचित भएका छन् । घोराहीमा जारी प्रथम साधारणसभा एवं अधिबेशनबाट राना अध्यक्षमा निर्बाचित भएका हुन् ।

baliअध्यक्षको उम्मेदवारी दिएका बाँकेका सुरेश चन्दले उमेद्धारी फिर्ता लिएपछि राना अध्यक्षमा निर्विरोध भएका हुन् । चन्दलाई बरिष्ठ उपाध्यक्ष पद दिने सहमतिमा उम्मेदवारी फिर्ता लिएका हुन् ।

त्यस्तै मन्जु भुसाल, नबिन ज्ञवाली, देवीलाल न्यौपाने, यज्ञबहादुर खत्री, नवराज श्रेष्ठ र रबिन्द्र लम्साललाई उपाध्यक्ष पदमा निर्वाचित गरिएको छ । अधिवेशन विहीबारदेखि घोराहीमा शुरु भएको थियो ।