काठमाडौं, १४ मंसिर। चौथर्फी विरोध भएपछि राजधानीका सार्वजनिक सवारी साधनमा लागु गरिएको जोर विजोर प्रणाली हटेको छ ।
एसिया प्यासिफिक सम्मेलनमा सवारी आवागमनलाई सहज बनाउन लगाइएको जोर विजोर प्रणाली शुक्रबारबाटै हटाइएको छ ।
जोर विजोर प्रणालीले सर्वसाधारणहरुलाई आवागमनमा समस्या पारेको थियो । मंसिर १३ गतेदेखि जोर विजोर प्रणाली लागु गरिएको थियो ।
