इन्द्रेणी संवाददाता
दाङ, १३ मंसिर । घोराही उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष लक्षिणप्रसाद बुढा मगरको निधन भएको छ । लामो समयदेखि विरामी परेका बुढाको भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा गएराति ३ बजेतिर निधन भएको परिवार स्रोतले जनाएको छ ।
वुढा नेकपाका नेतासमेत रहेकाले उनलाई श्रद्धाञ्जलीका लागि नेकपा दाङको कार्यालयमा राखियो । १२ बजे पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि बुढाको पार्थिक शरीरलाई राखियो भने १ बजे कटुवाखोलास्थित शंकेपिपलमा दाहासंस्कार गरिनेछ ।
मृतक बुढाको एक श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् । यसैबीच प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले बुढाको निधन अकल्पनिय र दुखद भएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । बुढा दाङको राजनीतिमा इमान्दार र कतव्र्यनिष्ट व्यक्ति पनि मानिन्थ्ये ।
