राजविराज, १३ मंसिर। आफ्नै आमासँग विवाद हुँदा शरीरमा मट्टितेल छर्किएर आगो लगाइएकी एक युवतीको मृत्यु भएको छ ।

aagoआगोले जलेर घाइते भएकी सप्तरीको कञ्चनरूप नगरपालिका–४ स्थित जगतपुरका महेश चौधरीकी १३ वर्षीय छोरी अञ्जनी चौधरीको आज विराटनगरस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

आमासँग विवाद हुँदा बुधबार साँझ अञ्जनीले शरीरमा मट्टितेल छर्किएर आगो लगाई आत्महत्याको प्रयास गरेकी थिइन् ।