इन्द्रेणी संवाददाता
दाङ, १० मंसिर । दाङको घोराहीस्थित एक पानीको तलाउमा डुवेर वेपत्ताको खोजी कार्य जारी रहेको छ । आइतवार साँझ करिव ४ बजेको समयमा गुलरियास्थितमा निर्माण गरिएको कृत्रिम तालमा पौडी खेल्न गएका घोराही १५ का लक्ष्मण डिसी डुवेर वेपत्ता भएका हुन् ।

2उनको खोजीमा स्थानीय प्रहरी प्रशासन, घोराही नगरपालिका, स्थानीयतगायत खोजी कार्यमा लागेका छन् । अहिले उक्त तलाउको पानी पम्पबाट फाल्ने काम भइरहेको छ । भने पौडिएर खोजी कार्य भइरहेको छ । वेपत्ताको खोजीका लागि घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी आफै पनि पानीको तलाउमा पसेका छन् ।

4घोराहीको गोर्खा स्कूलमा कक्षा १२ मा अध्ययनरत लक्ष्मण आइतवार दिउँसो गुलरियास्थित खेल मैदानमा क्रिकेट खेल्न गएको र साही क्रममा साथीहरुसँग नजिकैको पानीको तालमा पौडी खेल्न गएको खुलेको छ । यो समाचार तयार पार्दा सम्म वेपत्ता भएका बालक फेला नपरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उक्त ताल घोराही उपमहानगरपालिकाले ठूलो लगानीमा निर्माण गरेको हो ।

22222

tatattaa