इन्द्रेणी संवाददाता
दाङ, १० मंसिर । दाङको घोराहीस्थित एक पानीको तलाउमा डुवेर वेपत्ताको खोजी कार्य जारी रहेको छ ।
आइतवार साँझ करिव ४ बजेको समयमा गुलरियास्थितमा निर्माण गरिएको कृत्रिम चलाशय पौडी खेल्न गएका घोराही १५ का लक्ष्मण डिसी डुवेर वेपत्ता भएका हुन् । उनको खोजी जारी रहे २४ घण्टा वितिसक्दा समेत फेला पर्न सकेका छैनन् । उनी आइतवार करिव ४ बजेतिर तालमा डुवे पनि आज सोमवार ६ बजेसम्म फेला परेनन् ।
उनको खोजीमा नेपाली सेनाको टोलीले पनि प्रयास ग¥यो तर फेला पार्न सकेन । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीको टोलीले खोजी कार्य जारी राखेको छ । दिउसोसम्म तलाउको पानी पम्प लगाएर फालिए पनि अहिले ताल नै खोलेर पानी फाल्न शुरु गरिएको छ । तलाउको तानी सुकाएर खोज्नका लागि पानी फाल्न लागिइको हो ।
समयमा खोज गर्न नसकिए पछि स्थानीयले गुनासो गर्दै तालको पानी खोलेर फाल्न प्रशासन कार्यलयलाई आग्रह गरेका थिए । घोराहीको गोर्खा स्कूलमा कक्षा १२ मा अध्ययनरत लक्ष्मण आइतवार दिउँसो गुलरियास्थित खेल मैदानमा क्रिकेट खेल्न गएको र साही क्रममा साथीहरुसँग नजिकैको पानीको तालमा पौडी खेल्न गएको खुलेको छ ।











