सोलुखुम्बु, ९ मंसिर। सोलु दूधकुण्ड नगरपालिका–८ पत्तालेमा ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । घडेरी खन्ने क्रममा सोलु दूधकुण्ड नगरपालीका–१० च्याङका ३८ वर्षीय ल्हाक्पा शेर्पाको ज्यान गएको हो ।
भूकम्पपीडितको आवास निर्माणको मजदुरी गर्दै आएका शेर्पाको ढुङ्गा उत्खनन् गर्ने क्रममा ढुङ्गा र ढिस्कोले पुरिएर घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।











