सल्यान, ९ मसिर । कपुरकोट गाउँपालिका सल्यानले आफ्ना उपलव्धीहरु समार्वजनिक गरेको छ । पत्रकारहरुसँगको साक्षात्कार कार्यक्रममा गाउँपालिकाले उपलव्धी र आगामी नीति सार्वजनिक गरेको हो ।
कपुरकोटमा सम्पन्न साक्षात्कार कार्यक्रम गाउँपालिकाले पूर्ण खोपयुक्त गाउँपालिका घोषणा देखि ३१ वटा ऐन, नियम, कार्यविधि निर्माण भएको प्रगती प्रस्तुत गरेको हो । प्रमुख प्रशासकिय अधिकृत सुवाश रिजालले गएको आर्थीक वर्षमा गाउँपालिकाको भवन निर्माण कार्य अघि बढाइएको, ६ वटै वडाबाट स्वास्थ्य सेवा प्रवाह, यातायात गुरु योजना निर्माण, १० हजार वृक्षारोपण भएको जानकारि गराए । करिव १६६ किलोमिटर नयाँ मोटरबाटो निर्माण भएको जनाउँदै उनले यसबाट स्थानीय स्तरमा रोजगारि सृजना, सडकको स्तारोन्नती र कृषि उपजको बजार सम्म सहज पहुँच भएको जनाए ।
सूचना अधिकारी जीवराज केसीले सहजीकरण गरेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले कपुरकोटको विकासमा रचनात्मक सल्लाह, सुझाव र साथ दिन पत्रकारहरुलाइ आग्रह गरे ।
गाउँपालिकाभित्रका कुनै पनि योजना सञ्चालन गर्दा उपभोक्ता समिती गठनदेखि योजना सम्पन्न गर्दासम्म जनसहभागीता, अनुगमन र पारदर्शितालाइ विशेष जोड दिइएको बताए । बाल विवाह न्युनिकरण, मदिरा, जुवा तास जस्ता विकृती रोक्नका लागि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेको जनाउँदै अध्यक्ष सेनले यसवर्ष २३२ वटा योजनाहरु सञ्चालनमा रहेको बताए ।